उर्लाबारी । पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपाल, उर्लाबारीको नयाँ नेतृत्वका लागि चुनाव हुने पक्का भएको छ ।
क्लबको १८ औँ साधारणसभा अन्र्तगत आज अपरान्ह ४ बजेसम्म उम्मेद्वारी फिर्ताको समय रहेकामा सर्वसम्मत हुन नसकेपछि निर्वाचन हुने पक्का भएको हो । क्लबको नयाँ नेतृत्वका लागि अध्यक्षमा नवराज भट्टराई र हरि कोईरालाबीच प्रतिष्पर्धा हुने भएको छ । अध्यक्षका अर्का उम्मेद्वार अनिल चौहानले उम्मेद्वारी फिर्ता लिएपछि अध्यक्षमा दुई जनाबीच प्रतिष्पर्धा हुनेभएको हो ।
यस्तै उपाध्यक्षमा सुमन घिमिरे, दिपक बाँस्तोला र कुमार खड्काबीच प्रतिष्पर्धा हुनेभएको छ । उपाध्यक्षका अर्का उम्मेद्वार केशव निरौलाले उम्मेद्वारी फिर्ता लिएपछि तीन जनाबीच प्रतिष्पर्धा हुनेभएको हो । यस्तै महासचिवमा विजय धिमाल र भीमराज अधिकारीबीच प्रतिष्पर्धा हुनेभएको छ । अर्का उम्मेद्वार तिलक नेपालीले उम्मेद्वारी फिर्ता लिएपछि महासचिवमा दुई जनाबीच मात्र प्रतिष्पर्धा हुने भएको हो ।
सचिवमा ज्योती चौहान र कोषाध्यक्षमा पुजन दास निर्विरोध निर्वाचिन हुनुभएको छ । सचिवका उम्मेद्वार भूमिप्रसाद पाठक र कोषाध्यक्षका उम्मेद्वार दिलिप पोखरेल र इश्वर दुलालले उम्मेद्वारी फिर्ता लिएपछि दुई पदमा सर्वसम्मत भएको हो । दुई जना सदस्यमा भने पाँच जनाबीच प्रतिष्पर्धा हुनेभएको छ । सदस्यमा संगीता राई, प्रबेश विष्ट, रेनुकादेवी निरौला (भट्टराई), प्रेमकेडी भट्टराई र सनम रोक्काबीच प्रतिष्पर्धा हुने भएको छ ।
यसैबीच साउन १६ गते हुने भनिएको क्लबको चुनावी साधारणसभा अर्को सुचना नभएसम्मका लागि स्थगित भएको छ । कोरोना भाईरसको संक्रमणका कारण गरिएको लकडाउनले गर्दा अर्को सुचना नभएसम्मका लागि साधारणसभा र चुनावी कार्यक्रम स्थगित गरिएको निर्वाचन समितिका सदस्य केदार चौहानले जानकारी दिनुभयो ।
प्रदेश प्रेसबाट























