उर्लाबारी । मोरङको उर्लाबारीलाई उज्यालो नगर बनाउने अभियान जारी रहेको छ ।
उर्लाबारी चौकदेखि मधुमल्ला जाने सडकको सिमानावस्ती नजिकसम्म उर्लाबारी नगरपालिकाको लगानीमा बत्ति जडान भएको हो । सडक बत्तिको उद्घाटन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो र वडाध्यक्ष चिन्तामणी पौडेलले गर्नुभयो । सडक बत्तीको जडानले बजारको सुन्दरतासँगै सडक दुर्घटना तथा अपराध नियन्त्रयणमा सघाउ पुग्ने उर्लाबारी वडा नं. ५ की सदस्य देवीकला राईले बताउनुभयो । मेयर फागोले नगरका मुख्य सडक क्षेत्रसँगै ग्रामीण क्षेत्रमा समेत उज्यालो अभियान अन्र्तगत सडक बत्ती जडान गर्ने योजना रहेको बताउनुभयो । रातको समयमा अन्धकार हुँदा दुघर्टनाको साथै अपराधिक घटनासमेत हुने खतरा भएकाले सडक बत्ती जडान थालिएको उहाँको भनाई छ । । यसअघि पूर्वपश्चिम राजमार्गअन्तरगत उर्लाबारीको सुनझोडादेखि मावा खोलासम्म सडक बत्ती जडान गरिएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय