सोमबारे । मोरङको रतुवामाई नगरपालिका वडा नं. १० का सदस्य रामप्रसाद श्रेष्ठको निधन भएपछि आज नगरपालिकाले एक दिन शोक विदा दिएको छ । वडा सदस्य श्रेष्ठको निधनको शोकमा आज एक दिन नगरपालिकाको अत्यावश्यक बाहेकमा शोक विदा दिईएको नगर प्रमुख रविन राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विकासप्रेमी श्रेष्ठको निधनले नगरपालिकालाई अपुरणिय क्षति पुगेको भन्दै शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि नगरपालिकाले ब्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय