उर्लाबारीमा साउन २६ गतेसम्म लकडाउन लम्ब्याइयो
उर्लाबारी /कोरोना संक्रमण थप बढ्न थालेपछि उर्लाबारीमा साउन २६ गतेसम्म लकडाउन लम्ब्याइएको छ ।
कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले साउन २६ गते मध्यराति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको उर्लाबारी नगरपालिकाले जनाएको छ ।
नगरस्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले लकडाउन कायम राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय