काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुसमा गर्ने प्रस्ताव पेश भएको छ ।

आज शनिबारदेखि शुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले आगामी पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् । अध्यक्ष प्रचण्डले पेश गरेको राजनीति तथा सांगठानिक प्रस्तावमा राष्ट्रिय सम्मेलनको मिति प्रस्ताव गरिएको हो ।

सदस्यता नवीकरण/वितरण : भदौभर
सेल र टोल समिति भेला : असोज १०
वडा सम्मेलन देशैभर : असोज २०
स्थानीय तह सम्मेलन : असोज ३०
जिल्ला सम्मेलन : कात्तिक ३०
प्रदेश सम्मेलन: मंसिर १५
राष्ट्रिय सम्मेलन : पुस ११–१३
त्यसअघि असोज १० गतेदेखि पुस ११ गतेसम्म सबै तहका पार्टी कमिटीहरुको सम्मेलन सम्पन्न गर्ने कार्ययोजना पेश गरिएको छ । कार्यतालिका अनुसार असोज १० गते देशैभर एकैदिन सबै सेल कमिटी र टोल भेला गर्ने प्रस्ताव सांगठानिक कार्ययोजनामा गरिएको छ ।

त्यस्तै असोज २० गते वडा सम्मेलन गर्ने र २० गते एकै दिन गाउँपालिका र नगरपालिकाको सम्मेलन सम्पन्न हुने छ । कात्तिक ३० गते जिल्ला सम्मेलन, मंसिर १५ गते प्रदेश सम्मेलन र पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव प्रचण्डको छ ।

यसैबीच उनले हाल निर्माण भएको केपी ओलीविरुद्धको गठनबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय