काठमाडौं । नेपाली कांग्रेसले पार्टीका ९ वटा भ्रातृ संस्थाको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नेपाल विद्यार्थी संघ र तरुण दलसहितका ९ वटा भ्रातृ संस्थाको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो ।
म्याद समाप्त भएका नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको म्याद पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय भएको हो ।























