उर्लाबारी । नेपाली कांग्रेसलाई चुनाब लागेको छ । वडादेखि केन्द्रसम्मै चुनाबी सरगर्मी ह्वात्तै बढेको छ । उर्लाबारीमा पनि कांग्रेसलाई चुनाबी रन्को लागिसकेको छन् । अधिकांश युवाहरु यस पटकको चुनाबी मैदानमा उतिएका छन् । उर्लाबारी नगरको नेतृत्वमा समेत युवाहरुकै दाबी धेरै देखिएको छ ।
जसमध्ये सुरेन्द्र लिम्बू सबैभन्दा प्रभावशाली देखिएका छज् । दुई पटक उर्लाबारी–५ को सभापतिको जिम्मेवारी निर्वाह गरी पार्टीलाई चलयमान बनाउने कार्य लिम्बूले गरिसकेका छन् । स्थानीय तहको निर्वाचनमा एक जना वडा सदस्यबाहेक सबै जिताउन उर्लाबारी–५ मा कांग्रेस सफल बनेको थियो । सफल युवा ब्यवसायीसमेत रहेका लिम्बूलाई यस पटक युवाको समर्थन देखिएको छ । नेपाल तरुण दल उर्लाबारी र नेपाल विद्यार्थी संघ उर्लाबारी नगर समितिले नगरसभापतिमा लिम्बूलाई सर्वसम्मत रुपमा अघि सार्न नेतृत्वलाई दबाब दिइरहेको छ । वडामा सफल देखिएका लिम्बूलाई यस पटक नगरको कमाण्ड दिनु पर्ने धेरै कार्यकर्ताको जोड छ ।
भन्छन्, ‘यस पटक सुरेन्द्र लिम्बूलाई नगर सभापति बनाउनै पर्छ ।’ कांग्रेसलाई सशक्त बनाउन पनि लिम्बूको नेतृत्व आवश्यक रहेको कार्यकर्ताहरुले बताउने गरेका छन् । उर्लाबारी–४ का भीम घिमिरे पनि लिम्बूलाई नगर सभापति बनाउनु पर्नेमा जोड दिन्छन् । उर्लाबारी–१ का गोविन्द भट्टराई पनि लिम्बूलाई नै नगरसभापति बनाउनु पर्ने बताउँछन् । उर्लाबारी–५ का जनप्रतिनिधि रोहित थापा र देबीकला राई पनि लिम्बूलाई नै सभापति बनाउनु पर्ने बताउँदै आएका छन् । अधिकांश कार्यकर्ताहरुले यस पटक सभापतिमा लिम्बूलाई अघि सार्न नेतृत्वलाई निरन्तर दबाब दिइरहेका छन् । सामाजिक गतिविधिहरुमा समेत सक्रिय लिम्बूले सबैलाई समेटेर लैजान सक्ने धेरै जसो कार्यकर्ताहरुको भनाई छ । कोरोना कहरको बेलासमेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।























