एजेन्सी । लडाकु समूह तालिवान अफगानिस्तानमाथि विजय नजिक पुगेको छ । राजधानी काबुलमा प्रवेश गरेर तालिवान लडाकुहरुले राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएका छन् ।रोयटर्सका अनुसार विद्रोहीहरु कार्यालय भवनभित्र पसेर झण्डा समेत गाडेका छन् । झण्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबान राष्ट्रपति भवनमा प्रवेश गरेका छन्।
राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति देश छाडेर काजिकिस्तानतर्फ भागेका छन् । सीएनएनका अनुसार तालिवान विद्रोहीहरु काबुल सहरतर्फ प्रवेश गर्न सुरु गरेका छन् । काबुल मिसनका अमेरिकी राजदूतलाई अमेरिकी सेनाले काबुल एयरपोर्टबाट उद्दार गरेको छ ।
यसले २० वर्षपछि अफगानिस्तानमा तालिवानको शासन लगभग निश्चित गरेको छ । तालिबान लडाकु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिर समेत खिचेका छन् । अब अफगानिस्तानमा अमेरिकी सेना र पश्चिमी राष्ट्रको दबदबा पनि सकिएको तालिबानले बताएको छ ।























