काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ११ हजार ५६५ र एन्टिजेन विधिबाट ६ हजार १२४ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार २७४ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख १४ हजार १२७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ८७ हजार ६९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८७१ जना रहेको छ ।
हालसम्म ३५ लाख ८६ हजार ६७३ जनाले खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ३५४ जना पुगेको मन्त्रालयले जनाएको छ ।























