काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको पार्टीले नाममा एमाले राख्न नपाएपछि नयाँ नाममा दर्ताका लागि निवेदन दिएको छ ।
शुक्रबार निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी पार्टीको नाममा दर्ताका लागि सो पक्षले निवेदन दिएको छ ।
निर्वाचन आयोगले उस्ताउस्तै नाम राख्न नमिल्ने बताएपछि नेपाल समूहले नाम परिवर्तन गरेको हो ।























