नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन १४औँ महाधिवेशन ९ देखि १३ मङ्सिरमा गर्ने गरी नयाँ कार्यतालिका ल्याएको छ । नयाँ कार्यतालिका अनुसार अब काँग्रेसको सबै भन्दा तल्लो तह वडा तहको अधिवेशन १८ भदौमा हुनेछ ।
वडा अधिवेशन १८ भदौ, गाउँ तथा नगर अधिवेशन २७ भदौ, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोज, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोज, जिल्ला अधिवेशन १० असोज र प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तोकिएको छ । तर, यो मितिमा हुने अझै निश्चित छैन ।
यसैक्रममा मोरङ क्षेत्र नं. १ का वर्तमान सभापति तथा युवा नेता खड्ग फागोको पुनः क्षेत्रीय सभापति पदमा चर्चा छ । अधिकांश कार्यकर्ताहरुले पुनः क्षेत्रीय सभापतिमा फागोलाई सर्वसम्मत चयन गर्नु पर्ने धारणा राख्दै आएका छन् । तर, उर्लाबारी नगरपालिकाका मेयरसमेत रहनु भएका फागोले भने कुन पदमा उम्मेद्वार बन्ने भन्ने बारेमा केही धारणा सार्वजनिक गर्नुभएको छैन । अधिकांश क्रियाशिल सदस्यहरुले क्षेत्रीय सभापतिमा पुनः एक कार्यकाल वर्तमान सभापति फागोलाई नै ल्याउनु पर्नेमा जोडबल गरिरहेका छन् । पार्टीलाई क्षेत्र नं. १ मा मजबुत र चलयमान बनाउन फागोको महत्वपूर्ण भूमिका रहेको छ । अधिकांश कार्यकर्ताहरुले पुनः फागोलाई क्षेत्रीय सभापतिकै रुपमा अघि बढाउनु पर्ने धारणा राख्दै आइरहेका छन् भने केहीले जिल्ला सचिब बन्न सुझाब दिइरहेका छन् ।
को हुन् फागो ?
बुबा चञ्चलाल फागो र दुई आमा ठुलिआमा जयकालि फागो र नरमाया फागोमध्ये,नरमाया पट्टिका फागो कान्छो छोरा हुनुहुन्छ । नरमायापट्टिबाट उहाँका दुई दाजु र पाँच दिदीहरू हुनुहुन्छ । धनकुटामा क,ख,ग,सिक्नुभएका फागो, २०३९ मा बाबुको स्वार्गारोहण भएपछि उर्लाबारीमा ठुलोदाजु मान बहादुर फागो आउनुभयो । फागो काङ्ग्रेस मोरङ क्षेत्र नं १ का वर्तमान सभापति पनि हुनुहुन्छ । उहाँ वडा सह–सचिब, क्षेत्रीय सदस्य , का.वा. क्षेत्रीय सचिव,क्षेत्रीय कार्यसम्पादन उपसभापतिहुँदै, निर्विरोध क्षेत्रीय सभापति भईसक्नुभएको छ ।
फागो कोहि चिनजान नै नभएका ब्यक्तिहरु समस्या परी सहयोग माग्न जादा तपाईं कुन पार्टीको भनेर सोध्ने र मात्र सहयोग गर्ने खालका नेतामा पर्नुहुन्न । अन्य राजनीतिकर्मीको तुलनामा उहाँ फरक हुनुहुन्छ । सामाजिक सञ्जालदेखि क्रियाशिल सदस्यहरु फागोलाई जिताउनुपर्छ भन्नेहरूको जमात ठूलो छ । दुई छोरा र श्रीमतीका साथ उर्लाबारी–५मा बसोबास गर्दै आउनुभएका फागो प्रदेश नं. १ कै चर्चित युवा नेताको रुपमा मान्ने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय