काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको बताएका छन् ।

क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन गठित तीन सदस्यीय समितिमा रहेका नेता लेखकले आइतबार सभापतिलाई सहमतिको प्रतिवेदन बुझाउने बताए ।

कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू डा.मीनेन्द्र रिजाल र लेखकलाई क्रियाशील सदस्यतासम्बन्धि विवाद मिलाउने जिम्मा दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय