काठमाडौं । पाँच हप्तामा थप ४८ लाखभन्दा बढीले कोरोनोविरुद्धको खोप लगाएका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि खोप लगाउनेको यो संख्या थपिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ८५ लाख २० हजार ४२१ पुगेको छ ।

देउवा प्रधानमन्त्री भएपछि खोप लगाउनेको संख्या ४८ लाख ११ हजार ७३३ थपिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको सचिवालयले जनाएको छ ।

दुवै डोज खोप लगाउनेको संख्या भने ३७ लाख आठ हजार ६८८ पुगेको तथ्यांक छ । कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि जनाएको छ ।

पहिलो डोज लगाउने जनसंख्या भने १६.८ प्रतिशत पुगेको छ । पाँच हप्तामा कोरोनाको खोप लगाउनेको संख्या झण्डै दोब्बरले बढेको छ ।

सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप निःशुल्क लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म खोप लगाउनयोग्य सबै जनतालाई निःशुल्क खोप दिलाउने घोषणा सरकारले गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय