काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ९०९ र एन्टिजेन विधिबाट ४ हजार ९०१ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ५२५ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ३१ हजार ९६८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ८६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख २ हजार १८३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २५० जना रहेको छ ।

मन्त्रालयका अनुसार ६२० संक्रमित आइसीयुमा छन् भने १७० जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ३८ लाख ५७ हजार ५९८ जनाले खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ५६८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय