उर्लाबारी उद्योग बाणिज्य संघको यही भदौ ३० र ३१ गते चुनाबी साधारणसभा हुने भएपछि चुनाबी सरगर्मी बढेको छ ।
कांग्रेससहितको गठबन्धनबाट तारामान सेरेङ अध्यक्षको उम्मेद्वार छानिएको छ भने एमालेसहितको गठबन्धनबाट शेरबहादुर भण्डारी अध्यक्षको उम्मेद्वार हुने पक्कापक्की भइसकेको छ । स्वतन्त्रबाट केदार रिजालले उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । कांग्रेस समर्थक उद्योग ब्यवसायीको पकडमा रहेको संघको नयाँ नेतृत्वमा विषयलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । एमालेनिकट ब्यवसायी रिजालले बार्गेनिङका लागि अध्यक्षको उम्मेद्वार घोषणा गरेको बताएपनि उहाँले कुनैपनि हालतमा आफुले अध्यक्ष दाबी नछोड्ने बताउनुभएको छ ।























