माधवकुमार नेपालको अध्यक्षतामा गठन गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टीका चार सांसदको सनाखत लिन निर्वाचन आयोगले अस्वीकार गरेको छ।

यससँगै बधुबार अपरान्हसम्म ५५ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदको सनाखत भएको छ। तर मंगलबार निर्वाचन आयोगमा नाम दर्ता गराएका सांसदहरु सोमप्रसाद पाण्डेसहितका चार सांसदको सनाखत हुन नसकेको हो। यससँगै नयाँ पार्टी दर्ताका लागि पेश गरिएको नामवलीको सनाखत करिब सकिएको छ। सनाखतका लागि आएका ४ जना सांसदलाई मान्यता दिनुपर्ने भन्दै माधवकुमार नेपालसहितका नेताहरूले निर्वाचन आयुक्तहरुसँग छलफल गरेका थिए।

उनीहरुले मंगलबार निवेदन दिएकालाई तोकेको समयमै सशरीर उपस्थित भएपछि मान्यता दिएर सनाखत गराउन आयोगसँग माग गरेका थिए।

आयोगले बुधबार बिहान साढे ११ बजे ५५ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदको नामावली टाँस गरेको थियो।

तर, नेपालले उक्त सूचीमा नअटे पनि आयोगमा उपस्थित भैसकेका सबैको सनाखत गर्न माग गरेका थिए। नेपालसहितको टोली र प्रमुख आयुक्त दिनेश थपललियाबीच छलफल भए पनि कुरा नमिलेको हो।

आयोगले सनाखत गर्न तोकेको समय २ बजे सकिसकेको थियो। वरिष्ठ नेता झलनाथ खनालको भने दिल्लीस्थित दूतावासबाटै सनाखत गराउन निर्वाचन आयोग तयार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय