काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ९०९ र एन्टिजेन विधिबाट ४ हजार ९०१ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४८२ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ३४ हजार ४५० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७८१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ३ हजार ९६४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ जना रहेको छ ।
मन्त्रालयका अनुसार ६१० संक्रमित आइसीयुमा छन् भने १६१ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ३९ लाख ९ हजार ९४१ जनाले खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६१२ जना पुगेको मन्त्रालयले जनाएको छ ।























