उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो कोरोना संक्रमतिहरुको अवस्था बारे बुझन् संक्रमितको घर तथा कोभिड उपचार केन्द्रमा पुग्ने गर्नुभएको छ ।
पछिल्लो समय उर्लाबारी स्थायी ठेगाना भएका कोरोना संक्रमितहरुको सख्या सख्या १ हजार १ सय ७६ पुगेको छ भने निको हुनेको सख्या १ हजार ३१ र मृत्यु हुनेको सख्या ६४ पुगेको छ । उर्लाबारीमा कोरोना संक्रमितहरुको संख्यामा बृद्धि भएसँगै उर्लाबारी नगरपालिकाका मेयर फागो संक्रमितहरुको स्वास्थ्य अवस्था बुझन् प्रत्यक्ष भेटघाट गर्दै आउनु भएको हो । मेयर फागो उर्लाबारी नगरपालिका द्वारा संचालित कोरोना संक्रमित उपचार केन्द्र राजघाट र होमआइसोलेसनमा रहेका संक्रमितलाई वार्डवार्ड र घरघरमा पुग्ने गर्नुभएको छ । पछिल्लो समय मोरङमा कोरोना संक्रमणका विराटनगर महानगरपालिका बाहिर उर्लाबारी नगरपालिका पहिलो स्थानमा रहेको भएता पनि मेयर फागो कोरोना रोकथाम तथा नियन्त्रण र संक्रमितहरुको हौसला बढाउन आफै वार्ड वार्ड र विरामीको घरघरमा पुग्दै आउनुभएको छ ।
कोभिड उपचार केन्द्र प्रभावकारी बन्यो
कोरोना कहरको दोस्रो लहर सुरुवात भएसँगै उर्लाबारी नगरपालिकाले तयार पारेको प्रविधिमैत्री आइसोलेसन सेन्टरले उर्लाबारीका कोरोना संक्रमितहरुको उपचारमा सहयोग पु¥याउदै आएको छ ।
आइसोलेसनमा विषेशज्ञ डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीको साथमा अक्सीजन जडित सुविधा रहेको छ । ११ बेड क्षमता भएको उपचार केन्द्रमा हाल सम्म १ सय ३० जना भर्ना भएका छन् भने उपचार पश्चात १ सय १५ भन्दा बढी निको भएर घर फर्की सकेका छन् भने १५ जनालाई मात्रै अन्य अस्पतालमा रिफर गर्नु परेको आइसोलेसन सेन्टरले जनाएको छ ।
नगरपालिकाले ठूलो धनराशी खर्चेर उर्लाबारी–८ मा खोलेको कोभिड उपचार केन्द्रमा हाल ११ जना उपचारत रहेका छन् । उपचारका लागि प्रत्येक बेडमा अक्सिजन जोडिएको छ भने विभिन्न सहयोगी संघ संस्थाले प्रदान गरेको ७ थान अक्सिजन कन्सल्ट्रेटरको मद्दतले विरामीहरुको उपचार गरी रहेको छ ।
मंगलबार मात्रै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले प्रदान गरेको ३ थान अक्सिजन कन्सल्ट्रेटर मेयर फागोेले अस्पताललाई उपलव्ध हस्तान्तरण गर्नुभयो । यस अघि हङकङ नेपाल समाज, एन आर एन हङकङ र उर्लाबारीकै युवा व्यावसायीहरुले स्वास्थ्य सामाग्री उपलव्ध गराई नगरपालिकालाई सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय