उर्लाबारी । राष्ट्रिय सभाका सांसद गोपी अछामी र मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू(कुशल) ले इलाका प्रहरी कार्यालय उर्लाबारीको निरीक्षण गर्नुभएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीको भवन, सवारी साधनलगायतका विषयमा उहाँहरुले निरीक्षण गर्नुभएको हो । सवारी साधनको समस्या समाधानका लागि उहाँहरुले पहलकदमी लिने बताउनुभएको छ । प्रदेश सांसद लिम्बूले शान्ति सुरक्षाको जनतालाई प्रत्याभूति दिलाउन प्रहरीको सशक्त भूमिका आवश्यक रहेको बताउादै लागु औषध नियन्त्रणलगायतका विषयमा कुरा राख्नुभयो । सो क्रममा माओवादीका नेता गणेश उप्रेती ‘सुशिल’, तोर्ण श्रेष्ठ, दिनेश पौडेल, वाइसिएलका नेता दिपक आले मगर, राजिब लिम्बू, सामाजसेबी मानबहादुर श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।























