काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप २ हजार ४३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ७०२ र एन्टिजेन विधिबाट ४ हजार ६७२ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४३३ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ६४ हजार ८८३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ५ हजार ८९३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ जना रहेको छ ।

मन्त्रालयका अनुसार ६२० संक्रमित आइसीयुमा छन् भने १६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ३९ लाख ४९ हजार ५२९ जनाले खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय