काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ८ हजार ७५२ र एन्टिजेन विधिबाट ४ हजार ३६५ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ६५ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ३८ हजार ९४८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ३३७ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ८ हजार २३० जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ जना रहेको छ ।
मन्त्रालयका अनुसार ६२२ संक्रमित आइसीयुमा छन् भने १७१ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ४० लाख ५२ हजार ७६५ जनाले खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६६३ जना पुगेको मन्त्रालयले जनाएको छ ।























