नेपाली कांग्रेसले ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशन गरेको छ।

भदौ १० र ११ गते दुई चरणमा गरी ती जिल्लाका क्रियाशील सदस्यको नाम प्रकाशन गरेको निर्वाचन समिती समितिका संयोजक महादेव प्रसाद यादवले जानकारी दिएका छन्।

‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका तपसील बमोजिम जिल्लाहरुका क्रियाशील सदस्यको नामावली नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा प्रकाशित गरेको छ’ यादवले शुक्रबार विज्ञप्ति प्रकाशित गरी भनेका छन्।

साथै, सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको उनले जानकारी दिएका छन्।

यादवका अनुसार यी जिल्लाका क्रियाशील सदस्यता प्रकाशित गरिएको हो।

भदौ १० गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरु
१. ताप्लेजुङ २. पाँचथर ३. इलाम ४. संखुवासभा ५. तेह्रथुम ६. खोटाङ ७. सोलुखुम्बु ८. ओखलढुंगा ९. उदयपुर १०. झापा ११. दोलखा १२. रामेछाप १३. सिन्धुली १४. भक्तपुर १५. गोरखा १६. लम्जुङ १७. तनहुँ १८. कास्की १९. मनाङ २०. मुस्ताङ २१. पर्वत २२. स्याङ्जा २३. म्याग्दी २४. नवलपुर (वर्दघाट सुस्तापूर्व) २५. नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) २६. रुपन्देही २७. पाल्पा २८. रुकुम (पूर्वी भाग) २९. रोल्पा ३०. रुकुम (पश्चिम भाग) ३१. जुम्ला ३२. मुगु ३३. हुम्ला ३४. बझाङ ३५. डोटी ३६. दार्चुला ३७. बैतडी ३८. कञ्चनपुर

भदौ ११ गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरु
३९ धनकुटा ४०. भोजपुर ४१. गुल्मी ४२. प्यूठान ४३. दाङ ४४. सल्यान ४५. कालिकोट ४६. जाजरकोट ४७. दैलेख ४८. अछाम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय