अनिल चौहान
हेमराज गुरुङ व्यवसायीमाझ परिचित नाम हो । २०६५ सालमा मोबाइल पसलबाट ब्यवसाय सुरु गरेका गुरुङ हाल उर्लाबारी–९ दुर्गापुरीमा तमु सुनचाँदी पसल सञ्चालन गर्दै आउनु भएको छ ।

ब्यवसायका साथै सामाजिक सेवामा पनि उत्तिकै अग्रसर रहने गुरुङ भदौ ३१ गते हुने उर्लाबारी उद्योग बाणिज्य संघको चुनाबमा महासचिब पदमा उठ्दै हुनुहुन्छ । गत निर्वाचनमा सोही पदमा पराजित हुनु भएका गुरुङ निरन्तर रुपमा ब्यवसायी तथा उद्योगीहरुको हितमा लागि पर्नुभएको छ । कोरोना कहरमा ब्यवसायीहरुलाई माक्स वितरणदेखि हरेक कार्यमा गुरुङको सक्रियता रहने गरेको छ । एक कार्यकाल सदस्यको जिम्मेवारी पूरा गरिसक्नु भएको छ । २०६८ सालदेखि तमु सुनचाँदी पसल सञ्चालन गर्दै आउनु भएका गुरुङ सोही सालदेखि नै उर्लाबारी उद्योग बाणिज्य संघमा आबद्ध रहनु भएको थियो ।

३९ बर्षीय गुरुङ उर्लाबारी जेसीज, लायन्स क्लब अफ उर्लाबारीलगायतमा आबद्ध रहनु भएको छ । राजघाट उज्यालो समाजका संस्थापक अध्यक्षसमेत रहनु भएका गुरुङको नेतृत्वमा ब्याट्रीबाट करिब ३ किलोमिटर क्षेत्रमा सडक बत्ती जडान गरी उज्यालो उर्लाबारी बनाउने अभियानको थालनी २०७२ सालमा गर्नुभएको थियो । जुन बत्तीले आजसम्म पनि बजार उज्यालो भएका छन् । समाजका दिनदुखी असहाय र बिबिध गतिविधीमा महत्वपूर्ण सहयोग गर्दै आउनु भएका गुरुङले पार्टीभन्दा माथि उठेर सहयोग गर्दै आउनुभएको छ । उहाँका अनुसार–‘उद्योगी ब्यापारीको ब्यापारिक सुरक्षा र अधिकार स्थापना मेरो अर्जुन दृष्टि हो ।’ जुझारू, उर्जाशील, समाजसेवी युवा व्यवसायी गुरूङ भन्नुहुन्छ,‘सामाजिक काम गर्ने बानी परेको र संघमा रहेर आमूल परिवर्तन गर्ने अद्भुत चाहना जागेपछि यसपटक महासचिव पदमा उम्मेद्वार बनेको हुँ ।’ उर्लाबारीका उद्योगी, ब्यावसायीका साथै साना ब्यावसायीको पिरमर्कासमेत राम्रोसँग बुझेका गुरुङको बिजयले ब्यावसायीहरुको हकहितका साथै कोरोनालगायतको समस्याबाट ग्रसित ब्यावसायीको पक्षमा काम गर्ने अपेक्षा गरिएको छ । सडक पेटीदेखि महलसम्म व्यवसायीलाई जोड्नका लागि आफ्नो महासचिबमा उम्मेद्वार भएको उहाँको भनाई छ । ब्यवसायीको हकहितलाई सशक्त रुपमा अघि बढाउन आफु उम्मेद्वार बनेको र सबैको साथ सहयोग पाउने उहाँको अपेक्षा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय