काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप १ हजार ८५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ४०९ र एन्टिजेन विधिबाट ३ हजार ७६७ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ८५७ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८ लाख ४० हजार ८०५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २२२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख १० हजार ४५२ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ जना रहेको छ ।

मन्त्रालयका अनुसार ६१५ संक्रमित आइसीयुमा छन् भने १७४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

हालसम्म ४० लाख ५२ हजार ७६५ जनाले खोप लगाइसकेका छन् ।

२४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६९० जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय