काठमाडौँ। संघीय संसद सचिवालयले नेकपा एमालेले माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारवाहीलाई बदर गरेको छ ।

एमालेले १४ सांसदमाथि कारवाहीका लागि सचिवालयमा पठाएको पत्रबारे आइतबार सचिवालयले टुंगो लगाएको हो ।

सचिवालयले नेपालको नेतृत्वमा निर्वाचन आयोगले नयाँ दलको मान्यता दिएको भन्दै कारवाही गर्नु नपर्ने भन्ने ठहर गरेको बताइएको छ ।

एमालेले पार्टीको नीति विपरित अघि बढेको भन्दै १४ जना सांसदहरुलाई कारवाहीको गरेको पत्र सचिवालयमा पठाएको थियो ।

तर एमाले फुटाउनकै लागि पक्षपात पूर्ण ढंगले सभामुख अग्नि सापकोटाले समयमै कारवाही स्वीकृत नगरेको एमालेले भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय