उर्लाबारी । कोरोना भाइरसका कारण देखाउँदै सहकारी संस्थाहरुले शेयर सदस्यहरुलाई हस्ताक्षर गर्दै साधारणसभा गर्ने परिपाटी बढिरहेको छ । तर,मोरङको उर्लाबारी–६ स्थित सूर्य बचत तथा ऋण सहकारी संस्थाले सोमबार पत्रकार सम्मेलन नै गरेर वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी आर्थिक तथा प्रगति प्रतिवेदन समेटेर तयार पारिएको पुस्तिका सार्वजनिक गरेको हो ।
संस्थाका अध्यक्ष तेजनाथ घिमिरेले आफ्नो संस्थाको कुल पूँजी २१ करोड ३९ लाख रुपैयाँ रहेको जानकारी दिनुभयो । नीति, नियम र पद्धतिलाई आत्मसात गरेकोले आफ्नो संस्थाले वित्तिय सूचांकलाई सन्तुलित गर्न सकेको उहाँको भनाई थियो । कोरोना भाइरस संक्रमणको महामारीमा समेत आफ्नो संस्थाले १८ प्रतिशत लाभांश बितरण गर्न सफल भएको उहाँले जानकारी दिनुभयो । कोरोना भाइरसका कारण टाँडीमा १४ र १५ गते, मधुमल्लामा १६ गते, झारसाँदीमा १७ गते र मुख्य कार्यालयमा १८ र १९ गते गरिने कोषाधयक्ष दिपक भट्टराईले जानकारी दिनुभयो । कार्यक्रम सचिब गोपालप्रसाद भट्टराईले सञ्चालन गर्नुभएको थियो । २०५८ सालमा स्थापित सो संस्थामा हाल तीन हजार दुई सय शेयर सदस्य रहेका छन् ।
सूर्य बचतको अध्यक्षमा पुनः घिमिरे निर्वाचित
सूर्य बचत तथा ऋण सहकारी संस्थाको २१ औ चुनावी साधारण सभाले आगामी ४ बर्षको लागि पुन ः तेजनाथ घिमिरेलाई सर्वसम्मत निर्वाचित गरेको छ । सो संस्थाको निर्वाचन तालिका अनुसार आईतबार भएको निर्वाचन उम्मेदवारको मनोनय दर्तामा अध्यक्षको लागि घिमिरेको सहित सवै पदमा आवश्यक अनुसार मात्र दरखास्त परे पछि निर्विरोध निर्वाचित हुनु भएको हो । निर्वाचन अधिकृत कुमार पोख्रेलले समितिको उपाध्यक्षमा नारदमणी नेपाल, सचिवमा गोपालप्रसाद भट्टराई, कोषाध्यक्षमा दिपक भट्टराई तथा सदस्यहरुमा भानुभक्त रिमाल, कुलबहादुर बस्नेत, उमाकान्त न्यौपाने, नेत्रकुमारी भट्टराई, लिलावती अधिकारी र लिलामाया दाहाल रहनु भएको छ । यसैगरी प्रेमबहादुर बोहोरा संयोजक रहेको तीन सदस्यीय आन्तिरिक लेखा समितिमा पनि सर्वसम्मत चयन भएको छ । समितिको सदस्यद्धयमा खगिन्द्रप्रसाद घिमिरे र निर्मला नेपाल निर्वाचित भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय