उर्लाबारी । नेकपा एमालेकी केन्द्रीय सदस्य एबं पूर्व मन्त्री डा. शिवमाया तुम्वाहाम्फेले विकास निर्माण र प्रारम्भ भएका योजनालाई बजेट संशोधनको नाममा कटौती गर्न नहुने कुरामा जोड दिनु भएको छ ।
मोरङ मिक्लाजुङ–६ मा अवस्थित बेतिनी सिमसारको संरक्षण तथा पर्यटन पूर्वाधार क्षेत्र निर्माण कार्यक्रमको शिलान्यास गर्दै सो कुरा बताउनु भएको हो ।
सरकार परिवर्तन पिच्छे राम्रा कामले निरन्तरता नपाउने प्रचलन रहेकोे र त्यस्ता कामका कारण जनताको कर बापतको करोडौं रकम समेत खेर गैरहेको हुँदा विकास निर्माण र अधुरो योजनाहरुलाई सरकार परिवर्तनको एजेन्डा नबनाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो । भूमी आयोग खारेजी गरेकोप्रती उहाँ गुनासो गर्नु भएको थियो । आयोगले पालिकाहरु मार्फत भुमिहिन ,सुकुम्बासी हरुको लगत संकलन सकेर धनिपूर्जा वितरणको चरणमा पु¥याएको काम रोकेर जनघाति काम गरेको समेत आरोप लगाउनु भएको छ । कार्यक्रम मिक्लाजुङ गाँउपालिका अध्यक्ष देबिप्रसाद आचार्यको अध्यक्षतामा र उपाध्यक्ष सरला राईले स्वागत गर्नु भएको थियोे । पर्यटन मन्त्रालयको पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत करिब ५ करोड लागतमा विभिन्न पूर्वाधार निर्माणका कार्य गरिने मिक्लाजुङ–६ का वडा अध्यक्ष बुद्धिलाल निरौलाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय