काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत थालेको छ ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।

माओवादी केन्द्रका नेता गणेश साहका अनुसार मंगलबार बिहान ९ बजे शीर्ष नेताको बैठक बस्दैछ । मन्त्रालय बाँडफाँटको टुंगो पनि आजै लाग्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय