उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनका लागि कांग्रेससहितको लोकतान्त्रिक साझा गठबन्धनले उम्मेद्वार घोषणा अझै गरेको छैन ।
लोकतान्त्रिक साझा गठबन्धनको पकड मानिएको उर्लाबारी उद्योग बाणिज्य संघमा अध्यक्ष पदमा तारामान सेरेङलाई उठाउने घोषणा भएपनि अन्य पदमा टुंगो नलाग्दा उम्मेद्वार घोषणामा ढिलाई भएको हो । कांग्रेस, जसपा र लिम्बूवानसहितको लोकतान्त्रिक साझा गठबन्धनबाट बरिष्ठ उपाध्यक्षमा दिलु श्रेष्ठ, महासचिबमा हेमराज गुरुङ उम्मेद्वार बन्ने पक्कापक्की जस्तै छ । अन्य पदमा पनि लगभग टुंगो लागिसकेको भएपनि ब्यापारीको हितमा काम गर्न सक्ने उम्मेद्वारहरुलाई प्राथमितामा राख्ने कसरत भइरहेको जानकार स्रोतले बताएको छ । पूर्ण सिंगक लिम्बू, निरु चौहान, कृष्ण गिरी, नेत्र आपागाई, सुनिल अग्रवाल, भीम घिमिरे, नविन श्रेष्ठ, रोशन घिमिरेलगायतलाई उम्मेद्वार बनाउने सम्भावना छ । लोकतान्त्रिक साझा गठबन्धनले बुधबार आफ्ना उम्मेद्वारहरु घोषणा गर्ने सम्भावना रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय