उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनमा कांग्रेस समर्थक ब्यवसायीहरुले उम्मेद्वारको टुंगो लगाएको छ ।
कांग्रेस समर्थक ब्यवसायीहरुको तर्फबाट अध्यक्षमा तारामान सेरेङ, बरिष्ठ उपाध्यक्षमा दिलु श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा निरु चौहान, महासचिबमा हेमराज गुरुङ, उद्योग सचिबमा पूर्ण सिंगक लिम्बू, बाणिज्य सचिबमा भेषबन्धु निरौला र कोषाध्यक्षमा कृष्ण गिरीलाई उम्मेद्वार बनाएको छ । उद्योग उपाध्यक्षमा जसपाले उम्मेद्वारी छनौट गर्ने छ ।
त्यस्तै, सदस्यहरुमा नविन श्रेष्ठ, भीम घिमिरे र बेचन यादबलाई उम्मेद्वार बनाइएको छ । थप दुई सदस्यमा जसपा र लिम्बूवानले उम्मेद्वार तय गर्ने जनाइएको छ । त्यस्तै, लेखा समिति संयोजकमा गणेश खत्री, सदस्यहरुमा रोशन घिमिरे र विकास राईलाई उम्मेद्वार बनाइएको छ । कांग्रेस, जसपा र लिम्बूवानसहितका समर्थक ब्यवसायीहरुको लोकतान्त्रिक साझा गठबन्धन बनाइएको छ । उक्त गठबन्धनले भोली दिउँसो ११ बजे उम्मेद्वारहरु घोषणा गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय