काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार ६६४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार ११७ र एन्टिजेन विधिबाट ३ हजार १०५ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ६६४ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ४६ हजार १५२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७८६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख १६ हजार ३०६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ जना रहेको छ ।
मन्त्रालयका अनुसार ५३७ संक्रमित आइसीयुमा छन् भने १६४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ४४ लाख ५९ हजार ७६१ जनाले खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७५० जना पुगेको मन्त्रालयले जनाएको छ ।























