उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनमा सदस्य पदमा युवाहरुबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
एमाले, माओवादी, राप्रपासहितको प्रगतिशिल गठबन्धनबाट सदस्य पदमा नुतन राई (पिके), अनिल साहु तेली, नरेन्द्र थापा (जर्मन), नितम चौहान र निलप्रसाद गौतम उम्मेद्वार हुनुहुन्छ । त्यस्तै, कांग्रेस, जसपा, लिम्बूवानसहितको लोकतान्त्रिक साझा गठबन्धनबाट सदस्य पदमा नविन श्रेष्ठ, भीम घिमिरे, बेचन यादब, इभाहाङ तुम्वाहाम्फे र राजकुमार श्रेष्ठलाई अघि सारेको छ । यी सबै उम्मेद्वार परिचित अनुहार हुन् । त्यसैले यस पटक सदस्य पदमै कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय