उर्लाबारी । भदौ ३१ गते हुने उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई जिताउन अपिल गरिएको छ ।
तारामान सेरेङको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन संघका वर्तमान बरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेको संयोजकत्वमा १ सय ५ सदस्यीय प्रचार प्रसार समिति गठन भएको हो । जसको सचिबमा दिपक न्यौपाने र कोषँध्यक्ष पवन भट्टराई रहनु भएको छ । अध्यक्षमा तारामान सेरेङ, बरिष्ठ उपाध्यक्षमा दिलु श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा निरु चौहान, उद्योग उपाध्यक्षमा रामप्रसाद धिमाल (बागाई), महासचिबमा हेमराज गुरुङ, उद्योग सचिबमा पूर्ण सिंगक लिम्बू, बाणिज्य सचिबमा भेषबन्धु निरौला र कोषाध्यक्षमा कृष्ण गिरीलाई उम्मेद्वार बनाएको छ ।
त्यस्तै, सदस्यहरुमा नविन श्रेष्ठ, भीमप्रसाद घिमिरे, दशरथ यादब (बेचन), योबाहाङ तुम्वाहाम्फे र राजकुमार श्रेष्ठ (राजु)लाई उम्मेद्वार बनाइएको छ । त्यस्तै, लेखा समिति संयोजकमा गणेश खत्री, सदस्यहरुमा रोशन घिमिरे र विकास राईलाई उम्मेद्वार बनाइएको छ । कांग्रेस, जसपा र लिम्बूवानको संयुक्त लोकतान्त्रिक गठबन्धनलाई सबै उद्योगी तथा ब्यवसायीहरुले विजयी गराउन उर्लाबारी नगरपालिकाका मेयर तथा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का सभापति खड्ग फागोले अपिल गर्नुभयो । उर्लाबारी उद्योग बाणिज्य संघको नेतृत्वमा रहेर उत्कृष्ट काम गर्न सक्ने युवा ब्यवसायीहरुलाई उम्मेद्वार बनाएको उल्लेख गर्दै सबैको साथ र सहयोगले चुनाब जित्ने उहाँको भनाई छ । कांग्रेस उर्लाबारी नगरसभापति बीरबल थापाले पनि तारामान सेरेङको नेतृत्वमा रहेका सबै पदमा उम्मेद्वारहरुलाई विजयी गराउन लागि पर्ने उद्घोष गर्नुभयो । उहाँले पार्टीभित्रको आन्तरिक विवाद ब्यवसायीहरुको निर्वाचनमा नपर्ने पनि उहाँको भनाई छ । जसपा उर्लाबारी नगरअध्यक्ष मात्रिका धिमाल र लिम्बूवानका नेता बरुण लाबुङले पनि यस पटक लोकतान्त्रिक गठबन्धनले उत्कृष्ट युवा उम्मेद्वार अघि सारेकाले सम्पूर्ण उद्योगी तथा ब्यवसायीलाई सहयोगका लागि अपिल गर्नुभयो । लोकतान्त्रिक गठबन्धनले अधिकांश युवाहरुलाई यस पटक उम्मेद्वार बनाएकाले पनि ब्यवसायीहरु उत्साहित बनेका छन् । ब्यवसायीहरुको निरन्तर हितमा काम गर्दै आउनु भएका पूर्व बरिष्ठ उपाध्यक्ष तारामान सेरेङको गठबन्धनलाई मतदान गर्न उर्लाबारी उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष प्रितम खड्गीले अपिल गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय