अनिल चौहान
उर्लाबारी । उर्लाबारी उद्योग बाािण्ज्य संघको भदौ ३१ गते हुने निर्वाचनका लागि उम्मेद्वारी दर्ता चलिरहेको छ ।
दिउँसो ४ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको छ । उम्मेद्वारी दर्ता कार्य भइरहेको प्रमुख निर्वाचत अधिकृत महेन्द्रजंग तामाङले जानकारी दिनुभयो । स्वतन्त्रतर्फबाट सरस्वती खरेल रिजालले कार्यसमिति सदस्यमा उम्मेद्वारी दर्ता गराउनु भएको छ । प्रगतिशिल गठबन्धनले सामुहिक रुपमा उम्मेद्वारी दर्ता गरेको छ । त्यस्तै, लोकतान्त्रिक गठबन्धनले उम्मेद्वारहरुसहित उम्मेद्वारी दर्ता गर्ने प्रचार प्रसार समितिका सचिब दिपक न्यौपानेले जानकारी दिनुभयो ।























