अनिल चौहान

उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक साझा गठबन्धनले आज उम्मेद्वारी दर्ता गरेको छ ।
अध्यक्षमा तारामान सेरेङ, बरिष्ठ उपाध्यक्षमा दिलकुमार श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा निर्मला चौहान (निरु), उद्योग उपाध्यक्षमा रामप्रसाद धिमाल (बाङ्गाई), महासचिबमा हेमराज गुरुङ, उद्योग सचिबमा पूर्ण सिंगक लिम्बू, बाणिज्य सचिबमा भेषबन्धु निरौला र कोषाध्यक्षमा कृष्ण गिरीले दर्ता गराउनुभयो ।
त्यस्तै, सदस्यहरुमा नविन श्रेष्ठ, भीमप्रसाद घिमिरे, दशरथ यादब (बेचन), योबाहाङ तुम्वाहाम्फे र राजकुमार श्रेष्ठ (राजु) ले उम्मेद्वारी दर्ता गराउनुभयो । त्यस्तै, लेखा समिति संयोजकमा गणेश खत्री, सदस्यहरुमा रोशन घिमिरे र विकास राईले उम्मेद्वारी दर्ता गराएको लोकतान्त्रिक गठबन्धन प्रचार प्रचार समितिका सचिब दिपक न्यौपानेले जानकारी दिनुभयो । अध्यक्षमा तारामान सेरेङको उम्मेद्वारीले उद्योगी तथा ब्यवसायी उत्साहित बनेका छन् । ‘युवाहरु नेतृत्वमा आउनु पर्छ’ ब्यवसायी जीवन चिमरियाले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय