उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनका लागि १६ पदमा ३४ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
लोकतान्त्रिक साझा गठबन्धनले अध्यक्षमा तारामान सेरेङ, बरिष्ठ उपाध्यक्षमा दिलकुमार श्रेष्ठ, बाणिज्य उपाध्यक्षमा निर्मला चौहान (निरु), उद्योग उपाध्यक्षमा रामप्रसाद धिमाल (बाङ्गाई), महासचिबमा हेमराज गुरुङ, उद्योग सचिबमा पूर्ण सिंगक लिम्बू, बाणिज्य सचिबमा भेषबन्धु निरौला र कोषाध्यक्षमा कृष्ण गिरीले दर्ता गराउनुभयो ।
त्यस्तै, सदस्यहरुमा नविन श्रेष्ठ, भीमप्रसाद घिमिरे, दशरथ यादब (बेचन), योबाहाङ तुम्वाहाम्फे र राजकुमार श्रेष्ठ (राजु) ले उम्मेद्वारी दर्ता गराउनुभयो । त्यस्तै, लेखा समिति संयोजकमा गणेश खत्री, सदस्यहरुमा रोशन घिमिरे र विकास राईले उम्मेद्वारी दर्ता गराएको लोकतान्त्रिक गठबन्धन प्रचार प्रचार समितिका सचिब दिपक न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै, प्रगतिशिल साझा गठबन्धनले अध्यक्षमा शेरबहादुर भण्डारी, बरिष्ठ उपाध्यक्षमा यमलाल रसाईली, उद्योग उपाध्यक्षमा जंगबहादुर कार्की, बाणिज्य उपाध्यक्षमा पवन चौधरी, महासचिबमा सम्झना खतिवडा आचार्य, उद्योग सचिबमा डिल्लीराम खतिवडा (डिल्ली), बाणिज्य सचिबमा यज्ञबहादुर बस्तेत (भिरगाउँले) र कोषाध्यक्षमा राजनप्रसाद दाहालको उम्मेद्वारी दर्ता भएको जनाएको छ । त्यस्तै, सदस्यहरुमा अनिल साहु तेली, नरेन्द्र थापा (जर्मन), नितम चौहान, निलप्रसाद गौतम र नुतन राई (पिके) को उम्मेद्वारी दर्ता भएको छ । त्यस्तै, लेखा समिति संयोजकमा गजिन्द्र भण्डारी, सदस्यद्धयमा फुर्वा तामाङ र राधिका काफ्लेले उम्मेद्वारी दर्ता भएको छ । त्यस्तै, स्वतन्त्रतर्फबाट सदस्य पदमा सरस्वती खरेल रिजाल र गोपाल भण्डारीको उम्मेद्वारी दर्ता भएको छ । लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुले आफै उपस्थित भएर उम्मेद्वारी दर्ता गराएका छन् भने प्रगतिशिलका उम्मेद्वारले एकमुष्ट रुपमा उपस्थित नभई उम्मेद्वारी दर्ता गराएका थिए ।























