अनिल चौहान
उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ५ मा रहेको सेवारो सुनचाँदी पसलको कारखानाबाट करिब दुई तोला सुन चोरी भएको छ ।
शुक्रबार राति ताला फुटाएर सुन चोरी भएको हो । गेटको र कारखानाको चाबी रडको प्रयोग गरी फुटाएको पाइएको छ । ग्राहकले गहना बनाउन छोडेको सुन कारखानामा थियो । सोही सुन चोरी भएको सञ्चालक दिपक पोमुले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय उर्लाबारीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय