काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार ८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ७५३ र एन्टिजेन विधिबाट ३ हजार १२२ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ८९ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ५३ हजार २३२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५३४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख २५ हजार ६५१ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ जना रहेको छ ।
मन्त्रालयका अनुसार ५४० संक्रमित आइसीयुमा छन् भने १५६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ४८ लाख ६३ हजार ८३५ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ५५ लाख ११ हजार ९२९ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ८३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।























