उर्लाबारी । उर्लाबारी नगरपालिकालाई उज्यालो बनाउने उद्देश्य अनुसार आइतबार उर्लाबारी चौक दक्षिण क्षेत्रमा सडक बत्ती जडान गरिएको छ ।
उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, उपमेयर लक्ष्मीदेवी भण्डारी र वडा नं. ७ का वडाध्यक्ष बीरबल थापाले संयुक्त रुपमा सडक बत्ती बालेर उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उर्लाबारी नगरपालिकाका मेयर फागोले उर्लाबारीलाई उज्यालो बनाउने लक्ष्य अनुसार उर्लाबारी चौक दक्षिण सडक बत्ती जडान गरिएको बताउनुभयो । रातको समयमा अन्धकार हुँदा दुघर्टनाको साथै अपराधिक घटनासमेत हुने खतरा भएकाले सडक बत्ती जडान अभियान सञ्चालन गरिरहेको उहाँको भनाई छ । मुख्य राजमार्ग, उर्लाबारी चौक उत्तर र दक्षिणसहित केही भित्री सडकमा बत्ती जडान गरिएको उहाँले जानकारी दिनुभयो ।























