उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३० र ३१ गते चुनाबी साधारणसभा हुँदैछ । अध्यक्ष पदका लागि लोकतान्त्रिक गठबन्धनबाट तारामान सिरेङ लिम्बू र प्रगतिशिल गठबन्धनबाट शेरबहादुर भण्डारीबीच प्रतिष्पार्धा हुने देखिएको छ । संघको सदस्य, महासचिब तथा बरिष्ठ उपाध्यक्ष भई काम गरिसक्नु भएका लिम्बू र वर्तमान उद्योग उपाध्यक्ष भण्डारीबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । लिम्बूले संघको विकासमा महत्वपूर्ण काम गर्न सक्ने ब्यवसायीहरुको अड्कल छ । युवा र काम गर्ने जोस लिम्बूमा रहेको धेरै ब्यवसायीको भनाई छ । यता भण्डारी पनि इमान्दार ब्यवसायी मानिनुहुन्छ । लिम्बू र भण्डारी गुरु चेला पनि हुनुहुन्छ । भण्डारीले लिम्बूलाई पढाउनु भएको थियो ।























