अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको तीन हप्तापछि तालिबानले शुक्रबार साँझ आफ्नो सरकार घोषणा गरेको छ।

यसबीच अफगानिस्तानको हेरातमा तालिबानविरुद्ध प्रदर्शन भइरहको थियो।
जसलाई रोक्न तालिबानले फायरिङ गरेको थियो, जसमा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। घटनाबारे विस्तृत विवरण प्राप्त भइसककेकाे छैन।

यसअघि दिउँसो पनि राजधानी काबुलमा विरोध प्रदर्शन भएको थियो। पाकिस्तानविरोधी त्यो र्याली रोक्न भन्दै तालिबानले हवाई फायरिङ गरेको थियो। तर त्यतिबेला कोही हताहती भएको खबर अहिलेसम्म आएको छैन। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय