काठमाडौँ। नेकपा एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म हुने भएको छ ।
शुक्रबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले असोज ४ देखि ६ सम्म तोकिएको विधान महाधिवेशन एक साता पर सार्ने निर्णय गरेको हो ।
प्रचार विभाग प्रमुख योगेश भट्टराईले अब विधान महाधिवेशन १५ देखि १७ सम्म जनाएका छन् ।
विधान महाधिवेशनका लागि आन्तरिक तयारीका लागि असोज ३ गते स्थायी कमिटी बैठक र असोज ८ गते केन्द्रीय कमिटी बैठक बोलाइएको भट्टराईले जनाएका छन् ।























