उर्लाबारी उद्योग बाणिज्य संघको आज मतदान जारी छ । अध्यक्ष पदका लागि लोकतान्त्रिक गठबन्धनबाट तारामान सिरेङ लिम्बू र प्रगतिशिल गठबन्धनबाट शेरबहादुर भण्डारीबीच प्रतिष्पार्धा भइरहेको छ । तारामान सिरेङको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनलाई जिताउन नेपाली कांग्रेस मोरङ सभापति डिकबहादुर लिम्बू, क्षेत्र नं. १ का सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, उर्लाबारी नगरसभापति तथा वडा नं. ७ का वडाध्यक्ष बीबरल थापा, वडाध्यक्षहरु, कांग्रेसका विभिन्न तहका नेता, जसपाका प्रदेश, जिल्ला र नगरका नेता, लिम्बूवानका नेताहरु लागि पर्नुभएको छ । यता नेकपा एमालेसहितको प्रगतिशिब गठबन्धनलाई जिताउन एमाले नेतृ तथा उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारी, उर्लाबारी अध्यक्ष उमाकान्त गौतम, माओवादी केन्द्रका नेता तोर्ण श्रेष्ठ, राप्रपाका प्रदेश सदस्य पूर्ण बाइवालगायत लागि परेका छन् । दुबै समूह आफ्नो जित भएको बताउने गरेका छन् ।























