उर्लाबारी । तारामान सिरेङ लिम्बूको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनलाई उर्लाबारी उद्योग बाािण्ज्य संघमा विजयी गराउन अपिल गरिएको छ ।
नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू र मोरङ क्षेत्र नं. १ का सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले ब्यवसायी तथा उद्योगीहरुको हितमा काम गर्न सक्ने उम्मेद्वार छनौट गरिएकाले लोकतान्त्रिक प्यानलको पक्षमा मतदान गर्न अपिल गरिएको हो । सबै उद्योग तथा ब्यवसायी एक ढिक्का भएर तारामान सिरेङ लिम्बूको गठबन्धनलाई जिताउनु पर्ने उहाँहरुको भनाई छ । युवा टिमलाई उम्मेद्वार बनाएको उल्लेख गर्दै तारामान सिरेङ लिम्बू प्यानलको पक्षमा मतदान गर्न अपिल गरिएको छ ।























