संखुवासभा । प्रहरीले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या प्रकरणको अनुसन्धान गरिरहेको छ ।
प्रहरीले घटनामा संलग्न २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरिसकेको छ भने उनका भाइ नरेश कार्कीलाई पनि सोधपुछका लागि सदरमुकाम खाँदबारी झिकाइएको छ ।
प्रदेश–१ प्रहरी कार्यालयका अनुसार हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको हराएको मोबाइल नरेशको साथबाट बरामद भएपछि अनुसन्धानका लागि उनलाई पनि बोलाइएको हो ।
प्रहरीले कसरी नरेशको हातमा मोबाइल परेकोबारे अनुसन्धान गरिरहेको छ ।
भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।























