काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ८ हजार ६६५ र एन्टिजेन विधिबाट ३ हजार ७२० एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ५५८ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ७१ हजार ७३४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ३५१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ४६ हजार ५६६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ४९७ जना रहेको छ ।
मन्त्रालयका अनुसार ३८६ संक्रमित आइसीयुमा छन् भने ११७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ५५ लाख ७ हजार ३८० जनाले पूर्ण खोप लगाइसकेका छन् भने ६० लाख ८३ हजार १२४ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १२ जना पुगेको मन्त्रालयले जनाएको छ ।























