पथरी । सामाजिक सञ्जाल टिकटकबाट एकाएक चर्चामा आएको पथरी शनिश्चरे नगरपालिका–२ मा रहेको सेल्फी रोडबाट यौन क्रियाकलापमा लिप्त भइरहेको एक जोडी पक्राउ परेको छ ।
गत भदौ ३० गते अपह्रन्न करिब साढे ४ बजेको समयमा रोड किनारमा यौन क्रियाकलापमा संलग्न भइरहेको एक अधबैसे जोडीलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउना साथ इलाका प्रहरी कार्यालय पथरीको टोलीले अटोसहित सेल्फी रोडबाट उनिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेहरुमा उर्लाबारी स्थायी ठेगाना भएका अटो चालक वर्ष ४० का पुरुष रहेका छन् भने पथरीशनिश्चरे नगरपालिका स्थायी ठेगाना भएकी वर्ष ३२ की महिला रहेकी छिन् ।
उर्लाबारी स्थित मंगलबारेबाट अटोमा चढेर पथरीशनिश्चरे घर हिडेकी ति महिला र अटो चालक सो स्थानमा पुगेपछि यौनक्रियाकलापमा संलग्न भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका दुवैले महिलालाई घर पु¥याउने क्रममा सो क्षेत्रमा अवान्छित गतिविधीमा संलग्न पाइएको प्रहरीले जनाएको छ । उनीहरुलाई सार्वजनिक स्थलमा अश्लिल क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले अभद्र व्यबहारमा मुद्दा दर्ता कार्वाही अगाडी बढाएको जनाएको छ ।























