उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा अन्तरघातको कारण पराजित बन्नु भएका अध्यक्ष पदमा उम्मेद्वार तारामान सिरेङ लिम्बूले अन्तरघात गर्नेको नामै लिएर विशेष धन्यवाद प्रकट गर्नुभएको छ ।
नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै लिम्बूले केही कांग्रेसका नेताहरुको नामै लिएर विशेष धन्यवाद दिनुभएको हो । कांग्रेसको पकड मानिने यस संघमा १ सय ५९ मत अन्तरले लिम्बूलाई पराजित गर्दै एमालेका उम्मेद्वार शेरबहादुर भण्डारी विजयी बन्नुभयो । नयाँ समितिले उद्योगी तथा ब्यवसायीको हितमा काम गरोस् भन्दै लिम्बूले शुभकामनासमेत दिनुभयो । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का सभापति तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो पक्षधर भएका कारण लिम्बूलाई हराउन फागो इतर कांग्रेस नै सक्रिय भएको स्वम् उम्मेद्वारहरुले नै दाबी गरेका छन् । मेयर फागो शक्तिशाली बन्दै गएपछि फागो इतर कांग्रेसले ठूलो अन्तरघात गरेको उनीहरुको दाबी छ । उर्लाबारीमा फेरि पनि स्थानीय तहको निर्वाचनमा फागोकै पल्लाभारी हुने सम्भावना देखेपछि भर्खरै फुटेको नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, राप्रपासमेत एक भएर उर्लाबारी उद्योग बाणिज्य संघको निर्वाचनमा होलिएका थिए । लिम्बूले आफु पराजित भएपनि उद्योगी तथा ब्यवसायीहरुको हितमा सधै अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय