काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार हजार ६६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ हजार ३८५ परीक्षण एक हजार ६६ जनामा सङ्क्रमण देखिएको हो ।
यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख ७२ हजार ७ सय पुगेको छ ।
पछिल्लो दिन थप एक हजार २३४ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ४८ हजार ८०० पुगेको छ ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २३ हजार ६३६ जना रहेको छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या २४६ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार २८ पुगेको मन्त्रालयले जनाएको छ ।























