काठमाडाैँ । असोज ४ सोमबारदेखि दशैँ/तिहारका लागि बजारमा नयाँ नोट आउने भएको छ ।
नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको हो ।
सर्वसाधारणले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्न पाउने छन् ।
राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रदेशस्थित कार्यालयबाट नयाँ नोट वितरण हुन्छ ।
सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँका दरले ५, १०, २०, ५० र १०० रुपैयाँ साट्न पाउँनेछन् ।























